काठमाडौं,फागुन १६ – पुर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा आफूलाई झुटो आरोप लगाएर फसाईएको भन्दै जिल्ला अदालत काठमाडौं पुगेका छन् । शुक्रबार उनले आफूविरुद्ध झुठा लाञ्छना लगाइएको र गाली बेइज्जति भएको भन्दै आफ्ना प्रतिनिधिमार्फत मुद्दा दायर गरेका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उनले अदालतमा उजुरी दिएका हुन् ।
मन्त्री बास्कोटा मिश्र विरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत गएका हुन् ।
FACEBOOK COMMENTS