काठमाडौं, कार्तिक २५ – नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा भएका छन् । जिल्ला अदालत काठमाडाैंकाे आदेशपछि उनी सोमबार रिहा भएका हुन् । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उप प्राध्यापक प्रेम चलाउनेमाथि भएकाे आक्रमणमा संलग्न भएकाे अभियाेगमा दिपकलाई प्रहरीले पक्राउ गरेकाे थियाे । साे घटना हुँदा उनी कैलालीस्थित घरमा थिए । दशैं मनाउन घर गएका उनलाई घरबाटै पक्राउ गरिएकाे थियाे ।
घटनामा संलग्नता नदेखिएपछि दिपक ओझालाई जिल्ला अदालतले रिहा गरेकाे हाे । कात्तिक १३ मा उनलाई पक्राउ गरिएकाे थियो । आन्दोलनको क्रममा नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला फोर्ने नेकपा समर्थित उप प्राद्यापक प्रेम चलाउने माथी असोज २० गते किर्तिपुरमा भएको कुटपिटको आरोप नेबिसंघलाई लगाइएको थियो भने संघले पटकपटक उक्त घटनामा आफ्नो संलग्नता नभएको प्रष्ट्याएको छ । नेता ओझा असोज १७ गते नै काठमाण्डौबाट कैलाली गएका थिए ।
यसैगरी सोही आरोपमा पक्राउ परेका नेबिसंघ नेताहरू रुपेश शाह र रबिन लामा पनि काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भैसकेका छन् ।पक्राउ गरि हिरासतमा राखिएका संघका नेताहरुलाइ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपि श्याम ज्ञवालीको नेतृत्वमा चरम शारीरिक र मानसिक यातना दिएकोले सो बिरुद्ध यातना क्षतिपुर्ती सम्बन्धि उजुरी गरिने रिहा भएका नेताहरुले बताएका छन ।
FACEBOOK COMMENTS