काठमाण्डौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ् प्रा.लि. ले “गो ग्रिन टु किप इट क्लिन” भन्ने नारा सहित, टाटा एस स्पेसियल एप्लिकेसन को एक औपचाकारिक समारोहबीच उद्घघाटन गरेको छ ।
समारोह साउन २ गते, लाजिम्पाट स्थित ¥याडिसन होटलमा भएको हो ।
समारोहमा, टाटा एस का एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काईलिफ्ट, एस कन्टेनर र एस रेफ्रिजिरेसन भ्यान गरि ५ ओटा विशेष एप्लिकेसन को भिडियो मार्फत उपयोगिता प्रदर्शन गरिएको थियो ।
एस हुपर टिप्परले नगरपालिका को फोहोर संकलन तथा ब्यवस्थापनलाई सहज बनाउँछ । त्यसैगरी एस स्किप लोडर ले कुनै पनि कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घर को फोहोर संकलन तथा ब्यवस्थापन गर्न अत्यन्त सहज बनाउछ ।
त्यस्तै, एस स्काईलिफ्ट ले उचाइमा गर्नु पर्ने काम हरुलाई डबल बुम मार्फत सजिलो बनाउछ । यसैगरी कुरियर तथा अन्य सामाग्रीलाई आधिकारिक ठाउमा पु¥याउन एस कन्टेनरले मद्दत गर्छ भने एस रेफ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नु पर्ने सामानहरुको ओसार पसार सहज बनाउँछ ।
समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सि.इ.ओ. राजन बाबु श्रेष्ठ लगायत टाटाका लागि सार्क राष्ट्रका क्षेत्रिय प्रबन्धक आशिफ समिम, नेपाल र भुटानका बिजिनेस अपरेसन प्रमुख, बोध प्रकाश मुखिया, नेपालका क्षेत्रिय प्रबन्धक तुसार
FACEBOOK COMMENTS