काठमाडौं, माघ १४ – टाटा मोटर्सले ‘टाटा मोटर्स जेन्युइन आयल’ सार्वजनिक गरेको छ ।
टाटा कमर्सियल भेइकलको नेपालको आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालीले अन्तर्राष्ट्रिय बजारका लागि ‘जेन्युइन मोटर आयल’ सार्वजनिक गरेको हो ।
टाटा मोटर्स जेन्युइन पार्ट्सको नेपाल भरका आधिकारिक सर्भिस सेन्टर, एक सयभन्दा बढी रिटेलर र च्याम्पियन जोनको सहभागितामा टाटा मोटर्स प्रालीका पदाधिकारीले संयुक्तरुपमा टाटा मोटर्सका विभिन्न रेन्जका जेन्युइन आयल सार्वजनिक गरेका हुन् ।
टाटा जेन्युइन इन्जिन आयल, गियर आयल र रियर एक्सल आयल १ लिटरदेखि १५ लिटरसम्मको मात्रामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक कार्यक्रममा एक सय चार केएल भन्दा बढी जेन्युइन आयल बुकिङ भएको सिप्रदी अटो पार्ट्सले जनाएको छ ।
FACEBOOK COMMENTS