काठमाण्डौं, ०८ अषाढ – टिका प्रसाईको आवाजमा गीत रेकर्डसंगै निर्देशक श्रीराम महतले चलचित्र निर्माणको घोषणा गरेका छन् । गीतको रेकर्डिङ्ग सम्पन्न भएसँगै दोश्रो अन टाईटल प्रोजेक्टको थालनी भएको निर्देशक महतले बताए । उनले आईतबारको गीत रेकर्डिङ्ग संगै सिनेमाको निर्माण हुने घोषणा गरेका हुन् । चर्चित नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र हो ।
एउटा चलचित्र निर्देशन पश्चात विज्ञापन तथा डकुमेन्ट्रीमा ब्यस्त निर्देशक महतले बाँकी रहेको समय यसै चलचित्रको तयारीमा व्यस्त रहेको बताए । ‘म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छ’ उनले भने । आइतबार राजधानीको नक्साल स्थीत एकेवस्टिक रेकर्डिङ्ग स्टुडियोमा महतको दोश्रो प्रोजेक्टको आईटम गीत रेकर्ड सम्पन्न भयो । नेपाली सांगीतिक आकाशमा चम्किएकि अहिलेका चर्चित गायिका टिका प्रशाईको आवाजमा रहने यस गीतलाई सिनेमा कै निर्माता तथा बरिष्ठ गीतकार हिराकाजी थापाले लेखेका हुन । गीतमा साहस शाक्यको एरेन्ज र नागेन्द्र श्रेष्ठको संगीत रहेको छ।
न्युन संख्यामा आइटम गीत गएकी गायिका टिका प्रसाईले यस गीत ‘सुनको बाला हातमा’ ले निकै राम्रो चर्चा पाउनेमा आफु ढुक्क रहेको बताईंन । ‘मैले धेरै किसिमको गीत गएको छु तर यो सिनेमाको यस आइटम गीत भने मलाई फरक लाग्यो र मौलिक पनि छ आशा छ गीतको राम्रो चर्चा हुन्छ र यस गीतले सिनेमालाई पनि निकै राम्रो फाईदा गर्ने पक्का छ’ गायिका प्रसाईले भनिन् ।
कुल ४ गीत रहने यस अन टाईटल सिनेमा फुल लभ स्टोरीमा निर्माण हुने निर्देशक महतले बताए । केहि दिनमा नै औपचारिक जानकारी सहित सिनेमाको नाम सार्वजनिक गरिने बताउदै निर्देशक महतले यस सिनेमामा दुई नायिका रहने पनि खुलाए । नायक बारे पनि हामीले बिचार गरिरहेका छौ तर यो बन्दाबन्दिले गर्दा हामी थप प्री प्रोडक्सनको काम लाई अघि बढाउन सकिरहेका छैनौ , यद्दपी दुई नायिका मध्ये एक जना पुरानै नायिका रहने छिन भने एक जना नायिका यस सिनेमा डेब्यु गर्नेछिन्, निर्देशक महतले भने ।
FACEBOOK COMMENTS