जेठ ४, टिभिएसको एनटर्क १२५ स्कुटर अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटभन्दा बढी बिक्री भएको छ। भारतीय दुई(पाङ्ग्रे सवारी निर्माता कम्पनी टिभिएसले सो जानकारी सोमबार घोषणा गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
कम्पनीले एनटर्क १२५ भारत, नेपालसहित विभिन्न १९ देशहरूमा बिक्री गर्दै आएको छ। जसमा दक्षिण एशिया, ल्याटिन अमेरिका, मध्य पूर्व र एसियन क्षेत्रहरू पर्छन्।
सोमबार जारी एक विज्ञप्तिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम् निर्देशक केएन राधाकृष्णले भनेका छन्, यो उपलब्धिले नवीनतामा एक नयाँ बेन्चमार्क सेट गरेको छ। र यो उपलब्धि ग्राहकहरूका लागि आकांक्षा सिर्जना गर्दै टिभीएस एनटर्क ब्रान्डको विकास गर्ने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो।
टिभिएस एनटर्क १२५ पहिलो पटक सन् २०१८ मा भारतमा सार्वजनिक भएको हो। ब्लुटुथ कनेक्ट गर्ने मिल्ने फिचर र स्पोर्टी स्कुटर भएकोले यो स्कुटर युवा पुस्तामाझ निकै लोकप्रिय बन्दै गएको छ।
नेपालमा समेत एनटर्कको १२५ छोटो समयमै रूचाइएको स्कुटरमध्ये पर्छ। हाल नेपाली बजारमा टिभिएसको एनटर्क ५ भेरिएन्टमा उपलब्ध छ।
स्कुटरमा बिएस ६(कम्प्लायन्ट, १२४।८ सिसी सिंगल(सिलिन्डर इन्जिन प्रयोग भएको छ। जसले ७ हजार आरपिएममा ९।१ पिएस पावर र ५ हजार ५ सय आरपिएममा १०।५ एनएमको टर्क जेनेरेट गर्छ। यसमा फ्युल इन्जेक्सन प्रविधि प्रयोग भएको छ।
त्यस्तै स्कुटरमा डिजिटल स्पिडोमिटर, न्याभिगेसन असिस्ट, टप स्पिड रेकर्डर, इन(बिल्ट ल्याप(टाइमर, फोन(ब्याट्री, अन्तिम समय पार्क गरेको ठाउँ, सर्भिस रिमाइन्डर, ट्रिप मिटर लगायतको फिचरहरू छन्।
FACEBOOK COMMENTS