काठमाडौं, मंसिर १९ – नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको छ।
१३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत भुटानसँगको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएका थिए ।
यसअघि नेपालको टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध १७३ रन बनाएको थियो।
बिहीवार मल्लले ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो। यसअघि पारस खड्काले सिङ्गापुरविरुद्ध बनाएको नटआउट नेपाली खेलाडीको एक मात्र शतक र उच्च स्कोर रहेको थियो।
आज भइरहेको खेलमा नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको छ ।
