काठमाण्डौँ — मोटरसाइकलमा यात्रु ओसार्न मध्यस्थता गर्ने कम्पनी टुटलले भ्याट छली गरेको विषयमा आन्तरिक राजस्व विभागले छानबिन थालेको छ ।
कम्पनी रजिस्ट्रार कार्यालयमा यो आइपर लुक्स नेपाल कम्पनी प्रालिको नाममा दर्ता छ ।
भ्याटमा दर्ता नभए पनि उपभोक्तासँग भ्याट शीर्षकमा रकम असुलेको विषयमा अनुसन्धान सुरु गरिएको आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले जानकारी दिए ।
कम्पनीको ठेगाना ललितपुर भएकाले आन्तरिक राजस्व कार्यालय ललितपुरलाई अनुसन्धानका लागि निर्देशन दिइएको छ ।
उनले अनुसन्धानका क्रममा कमजोरी भेटिए कानुनअनुसार कारबाही गरिने बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS