काठमाण्डौँ — टेक अर पे प्रावधानसहित विद्युत् खरिद सम्झौता गर्ने सीमा बढाइएपछि विद्युत् प्राधिकरणले ८४ अर्ब रुपैयाँ बराबरको थप विद्युत खरिद गर्नुपर्ने भएको छ ।
नदी प्रवाही विद्युत् आयोजनाबाट मात्रै थप ८४ अर्ब रुपैयाँ बराबरको विद्युत् खरिद गर्नुपर्ने भएको हो ।
गत मंगलबार प्राधिकरण सञ्चालक समितिले टेक अर पे प्रावधानसहित नदी प्रवाह जलविद्युत् आयोजनाबाट विद्युत् खरिद गर्दा टेक अर पे प्रावधान राखिने सीमालाई ३ हजार मेगावाट बाट ५२ सय मेगावाट पुर्याएको छ ।
यो विद्युत्मध्ये ४० प्रतिशत खेर जाने अवस्था आए ३३ अर्ब रुपैयाँ वित्तीय जोखिम हुने प्राधिकरणको आँकलन छ ।
टेक अर पेमा खरिद गरिएको थप २ हजार २ सय ५० मेगावाट विद्युत् खरिद गरेर २५ प्रतिशत विद्युत् खेर गए वा खपत नहुने अवस्था आए २१ अर्ब क्षति व्यहोर्नुपर्ने प्राधिकरणको आकलन छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS