काठमाडौँ – नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले फेरी स्पष्टिकरण सोधेको छ ।
कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ७२ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
भण्डारीले तीन महिनाभित्र टेलिकमको स्थितिमा सुधार गर्ने बताएपनि उनले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको सरकारको ठहर छ ।
यसअघि गत वैशाखमा पनि सरकारले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो ।
२०७३ असोजमा तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् । उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् । उनी टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक हुन् ।
FACEBOOK COMMENTS