काठमाण्डौं– नेपाल टेलिकमको फोजी एलटीई सेवा विस्तारको टेन्डर चिनियाँ कम्पनी जेटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) ले पाउने भएका छन् ।
अघिल्लो वर्ष आहवान गरिएको टेन्डर ढिला गरी ठेक्का दिने तयारी भएको हो।
टेलिकम स्रोतका अनुसार कम मूल्यमा प्रस्ताव गर्ने जेटीईले कोर नेटवर्क विस्तार र सीसीएसलाईले रेडियो एक्सेस नेटवर्क (र्यान) विस्तारको जिम्मा पाउनेछन्।
परियोजनाको कुल लागत १९ अर्ब हुनेछ।
कोर नेटवर्क विस्तारका लाग चिनियाँ कम्पनी हुवावे, जेटीई र सिंगापुरको मिभिनिर कम्पनीले प्रस्ताव दर्ता गराएका थिए।

फोजी विस्तार परियोजना २६ महिनामा सिध्याउने टेलिकमको योजना छ।

मन्त्रालयका एक अधिकारीका अनुसार २६ महिनामा सिध्याउने गरी टेन्डर आहवान गरिएको परियोजना १२ देखि १४ महिनामा सिध्याउने गरी मात्रै कामको जिम्मा दिने तयारी छ।

– कान्तिपुर