काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले प्रमुख तीन दूरसञ्चार सेवाप्रदायकको मोबाइल सेवा र इन्टरनेटको गुणस्तरको नमुना परीक्षण गरेको छ । नतिजामा सेवाप्रदायक अनुत्तीर्ण भएका छन् । प्राधिकरणको नतिजामा सेवाप्रदायकले प्राधिकरणले तोकेका अधिकांश मापदण्ड पूरा गर्न नसकेको भेटिएको छ ।
प्राधिकरणले टेलिकम, एनसेल र स्मार्ट टेलिकमको कल स्थापित हुने सफलताको दर, कल स्थापित हुन लाग्ने समय, कल आफैं विच्छेद हुने दर र सेवाको स्तर परीक्षण गरेको थियो। परीक्षणमा तीनवटै सेवाप्रदायकले न्यूनतम मापदण्ड पूरा नगरेको पाइयो, त्यसमा पनि स्मार्ट टेलिकमको गुणस्तर झनै कमजोर भेटिएको छ।
प्राधिकरणले काठमाडौं उपत्यकाका ३८ स्थानमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको मोबाइल सेवाको परीक्षण गरेको थियो । असोज ११ देखि २५ गतेसम्म १५ दिनसम्म नेटवर्क धेरै व्यस्त हुने समय साँझ र बिहानको समयमा मोबाइल सेवाको गुणस्तर परीक्षण भएको थियो।
प्राधिकरणले कल स्थापित हुने सफलताको दर, कल स्थापित हुन लाग्ने समय, कल आफैं विच्छेद हुने दर र सेवाको स्तर परीक्षण गरेको थियो । परीक्षणमा तीनवटै सेवाप्रदायकले न्यूनतम मापदण्ड पूरा नगरेको पाइयो, त्यसमा पनि स्मार्ट टेलिकमको गुणस्तर झनै कमजोर भेटिएको जनाएको छ।
प्राधिकरणले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार कल स्थापित हुने सफलताको दरमा कुनै पनि सेवाप्रदायक न्यूनतम स्तरसम्म पुग्न सकेका छैनन् । प्रतिवेदनअनुसार नेपाल टेलिकमको कल स्थापित हुने सफलताको दर ९८.२६ प्रतिशत र एनसेलको ९७.७७ प्रतिशत छ। स्मार्ट टेलिकमको भने ९२.३९ प्रतिशतमात्र छ । प्राधिकरणले तोकेको न्यूनतम स्तर ९९ प्रतिशत हो। – नागरिक दैनिक
FACEBOOK COMMENTS