काठमाण्डौं– सरकारले दूरसञ्चार र इण्टरनेट सेवाको कर बढाएपछि टेलिफोन र इण्टरनेट सेवा शुल्कमा साउन १ गते देखि टेलिफोन र इन्टरनेट सेवाशुल्क बढ्ने भएको छ ।
बजेट वक्तव्यमार्फत कर बढाइएका कारण टेलिफोन शुल्कमा थप २ प्रतिशत र इण्टरनेट शुल्कमा थप १३ प्रतिशत कर वृद्धि भएको छ ।
यसअघि टेलिफोन सेवामा ११ प्रतिशत कर लाग्दै आएको थियो । सरकारको घोषणासँगै नेपाल टेलिकम, एनसेललगायत टेलिकम्युनिकेशन सेवाप्रदायक कम्पनीले पनि शुल्क बढाउने भएका छन् ।
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई शुल्क बढेको एकैचोटि महसूस हुन नदिन मनसुन अफर ल्याएको छ ।
सरकारले दूरसञ्चार सेवा प्रदायकलाई तिर्नुपर्ने सेवाशुल्क वृद्धि गरेपछि त्यसको मार उपभोक्तालाई पर्ने भएको छ ।
सरकारले भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणका लागि सम्पदा कोषमा स्रोत जुटाउन दूरसञ्चार सेवामा १ प्रतिशत कर बढाउने घोषणा गरेको थियो । फलस्वरूप टेलिफोन, इण्टरनेट र एसएमएस प्रयोग गर्दा नियमित लाग्दै आएको दस्तुरमा केही रकम थप हुने भएको हो ।
FACEBOOK COMMENTS