काठमाडौं, फागुन २३ – टेस्लाले फुल सेल्फ ड्राइभिङ मोडमा बेटा अपडेट ल्याउने भएको छ ।एलन मस्कको अनुसार ८.२ सफ्टवेयर अपडेट गरेमा त्यसले बेटा टेस्ट प्रोग्रामको आकार दुई गुणाले बढाउने छ र ८.३ अपडेटले प्रोग्रामको आकार दश गुणाले बढाउन सक्नेछ ।
यो अपडेटलाई सबै टेस्ला प्रयोगकर्ताले आफ्नो कारमा डाउनलोड गर्नु पर्छ भन्ने छैन् । टेस्लाले पहिलो चोटि फुल सेल्फ ड्राइभिङ बेटा गत सालको अक्टोबरमा नै सार्वजनिक गरेको थियो र त्यहाँ देखि यसलाई परिमार्जन गर्दै आएको छ ।
अहिले सम्म पनि एक पटक मान्छेले नचलाएरै लामो दूरी टेस्लाले आफै पार गर्न सफल भएको छ । तर यो अझै पनि पूर्ण रुपमा स्वायत्त भएको छैन् । पहिलेको स्टयाण्र्डड अटोपाईलटमा भन्दा यसमा कम इन्पुट हाल्नुपर्छ ।
FACEBOOK COMMENTS