काठमाडौँ, असोज २४ – टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ वडा छन् ।
यस्तै, वडा नं १ मा २८, २ मा ६२, ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ सङ्क्रमित भेटिएका हुन् । यस्तै विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १२७ सङ्क्रमित फेला परेका छन् । हालसम्म फेला परेकामध्ये ७३६ पुरुष र ५६५ महिला रहेका छन् ।
कोरोना सङ्क्रमितमध्ये ८०७ जना निको भएर घर फर्किसकेका छन् भने ४८९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४११ होम आइसोलेशन र ५६ बिरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले राससलाई जानकारी दिए । जसमध्ये २२ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।
टोखामा हालसम्म कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये वडा नं ४ मा एक, ६ मा एक, ८ मा एक र ९ मा दुईजना छन् ।
FACEBOOK COMMENTS