काठमाडौं, पुस २० – ललितपुरको लामाटार क्षेत्रका स्थानीयबासीहरुले टोल सुधार समिति गठन गरेर विकास निर्माण र जनचेतनामुलक कार्यक्रममा जुट्ने प्रतिवद्धता जनाएका छन् भने बिभिन्न सरसफाईका गतिविधी गरेका छन् ।
महालक्ष्मी नगरपालिकाको ९ नम्वर वडाको धोक्रे, भुजुंगे ठूलाघर टोलसुधार समितिले गरेको प्रारंभिक साधारणसभामा बक्ताहरुले व्यवस्थित शहर र टोल बनाउनको लागि प्रदुषण फैलाउने र वातावरणमा हानि गर्ने उद्योग, कल कारखानालाई बस्ति नजिक राख्न नदिने प्रतिवद्धता जनाएका हुन् । सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले लामाटार क्षेत्रको वातावरण संरक्षण र सरसफाईको लागि टोल सुधार समितिको कृयासिलता आवस्यक रहेको बताउनुभयो ।
उहाँले स्थानीय धार्मिक तथा संस्कृतिक महत्व बोकेका स्थलहरुको संरक्षण र प्रचारप्रसारमा जुट्ने प्रतिबद्धता जनाउनुभयो । वडा कार्यालयले आफ्नो टोलको विकासमा ध्यान पुराउन नसकेकोले आफुहरु जागरुक भएको समितिका अध्यक्ष निरञ्जन पौडेलले बताउनुभयो । स्थानीय समाजसेवी देवेन्द्र पौडेलले समितिको भवन निर्माण गर्नको लागि स्थानीय सुभद्रा पौडेलले जग्गा दिनु भएकाले तत्काल भवन निर्माणमा जुट्ने बताउनुभयो ।
नेकपाका नेता मोहन तन्डुकारले वडामा भएका सबै टोल सुधार समितिहरुबीच सहकार्यको आवस्यकता रहेको बताउनुभयो । बिद्यापुञ्ज स्कुलका संस्थापक अध्यक्ष शिब न्यौपानेले कोभिड १९ को बिरुद्ध जनचेतना जगाउने काम गरेको बताउनु भयो । आगामि दिनमा आउनसक्ने बिपतहरुका बिरुद्ध तयारि अवस्थामा बस्ने पनि समितिले कार्ययोजना सार्वजनिक गरेको छ ।
FACEBOOK COMMENTS