काठमाडौँ, पुस ४ – सर्लाहीको बलरा नगरपालिका स्थित सोहडवामा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रवार राती बलरा नगरपालिका–१ स्थित सेढवा–मोहनपुर भित्री सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका–१ सेढवा बस्ने नाराययण सिंहका १७ वर्षीय छोरा अंकित सिंहको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका सिहंलाई तत्काल उपचारको लागि रौतहट जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सोही दुर्घटनामा परेर मोटरसाइकलका पछाडि सवार एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बलरा नगरपालिका १ निवासी १७ वर्षीय राजिव सहनी रहेको प्रहरीले जनाएको छ । उनको गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रौतहट र सर्लाहीको सिमा सडक हथियौलबाट सेढवा जादै गरेको ना ३ त ४०९० नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउदै गरेको बिआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकल आपसको ठोक्किएको थियो ।
मृतक सिहंको सव परिक्षणको लागि जिल्ला अस्तपताल गौरमा राखिएको छ । घटना लगतैै फरार ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए ।
FACEBOOK COMMENTS