काठमाडौँ, कात्तिक १३ – दार्चुलामा आफैंले चलाएको ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ।
जिल्लाको अपिहिमाल गाउँपालिका–५ घोडेभित्तामा ट्याक्टरले च्यापिएर दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए ।
लटिनाथानबाट मकरीगाड हाइड्रो पावरमा सिमेन्ट लैजाने क्रममा उनलाई आफैंले चलाएको ट्याक्टरले च्यापेको थियो ।
ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटना स्थलमै मृत्यु भएको चन्दले बताए ।
FACEBOOK COMMENTS