काठमाडौँ — भारत र चीन पछि सबैभन्दा बढी विदेशी लगानी नेपाल ल्याउने देश ब्रिटिश भर्जिन आइल्यान्डस् रहेको छ ।
पछिल्लो दुई दशकमा नेपाल भित्रिएको १ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ कुल वैदेशिक लगानी (एफडीआई) मध्ये ४५ प्रतिशत रकम यही मुलुकबाट आएको हो ।
यो प्रशान्त महासागर बीचमा रहेका टापु मिलेर बनेको देश हो ।
त्यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नेपालको भन्दा ९६ प्रतिशत कम छ ।
उद्योग विभागको अभिलेखका अनुसार, त्यस देशका लगानीकर्ताले ८ अर्ब रुपैया“ नेपालमा उद्योग सञ्चालन गर्न भनेर अनुमति लिएका छन् ।
यो रकम उसको कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत हो ।
ब्रिटिश भर्जिन आइल्यान्डस्का कम्पनीहरूलाई नियमन गर्ने संस्था फाइनान्सियल सर्भिसेज कमिशनका अनुसार, यहाँ ९ लाख ५० हजार कम्पनी दर्ता छन् ।
FACEBOOK COMMENTS