काठमाडौं, पुस २६ – । अमेरिकी कन्जर्भेटिभ दलको सामाजिक सञ्जाल एपको रुपमा परिचित पार्लरलाई गुगल र एप्पलले प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन गर्नेहरुको प्रमुख सामाजिक सञ्जाल बनेको ‘पार्लर’ मा उनका सपोटर्सहरु जोडिएका छन् ।
त्यहाँबाट उनीहरुले हिंसा र अवैध गतिविधि गरिरहेको भन्दै उक्त एपलाई एप्पल र गुगलले आफ्नो एप स्टोरबाट हटाएका हुन् । यसको सुरुवात भने गुगलबाट भएको थियो
एपका डेभलपरहरुले प्लेटफर्ममा अराजक तथा हिंसात्मक सामग्रीविरुद्ध प्रतिबद्धता नजनाएसम्म एपलाई स्टोरमा नराख्ने गुगलले जनाएको छ । गुगलले उक्त एपलाई गुगल प्ले स्टोरमा प्रतिबन्ध लगाउने निर्णय गरेको केही समयपछि एप्पलले पनि उक्त एपलाई एप स्टोरमा प्रतिबन्ध लगाएको हो ।
उनीहरुले यो समस्या समाधान नहुँदासम्म उक्त एपलाई प्रतिबन्ध लगाइने जनाएका छन् । एकातर्फ प्रतिबन्धमा परेको पार्लरलाई अर्कोतर्फ अमेजनले पनि आफ्नो सर्भरबाट हटाउने चेतावनी दिएको छ ।
अमेजनको क्लाउड प्रयोग गर्दै आएको पार्लरलाई कम्पनीले यदि त्यस्तै गतिविधि अझै जारी राखेको खण्डमा २४ घण्टापछि कम्पनीसँग भएको सम्झौता खारेज गरिने बताएको छ ।a
यदि अमेजनसँगको सम्झौता खारेज भएको खण्डमा उक्त एप अमेजनको वेव सर्भिसमा आधारित भएर बनाइएकाले उक्त एप सञ्चालनमा ठूलो चुनौती आउने बताइएकाे छ ।
FACEBOOK COMMENTS