काठमाडौं, साउन १९ – ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना)मा कार्यरत थप तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत शुक्रबार दुईजना प्रहरीमा कोरोना देखिएकोमा उनीहरुको सम्पर्कमा आएकाको कन्ट्रयाक ट्रेसिङका क्रममा थप तीन जनामा कोरोना देखिएको स्रोत बताएको छ ।
कोरोना संक्रमण देखिएपछि महाशाखा यसअघि नै शिल गरिएको छ भने प्रहरी बरिष्ठ उपरिक्षक भीमप्रसाद ढकाल सहित ट्राफिक प्रहरीका ३७५ जना क्वारेन्टाइनमा बसेका छन् ।
महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १ हजार ५ सय ४५ जना छ ।
FACEBOOK COMMENTS