काठमाडौं, वैशाख ८ – कोरियाली प्रविधि कम्पनी सामसङले तीन वटा फोल्डिङ डिस्प्लेसहितको स्मार्टफोन बनाउने तयारीमा रहेको पाइएको छ ।
कम्पनीले ग्यालेक्सी ‘जेड फोल्ड ट्याब’ नम दिएको ट्रिपल फोल्डिङ ट्याबलेट बनाउने काम अगाडी बढाइरहेको खुलासा भएको छ । चीनको ‘गिज्मो चाइना’ प्रकाशित एक रिपोर्टले यस्तो खुलासा गरेको हो ।
सामसङले बनाइरहेको नयाँ डिभाइसलाई आगामी वर्ष अर्थात सन् २०२२ मा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।
साथै पछिल्लो रिपोर्टमा सामसङ कम्पनीले उक्त ट्रिपल फोल्डिङ डिभाइसको टिजरलाई ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्रीको आगामी लन्चको अवसरमा सार्वजनिक गर्ने संकेत दिइएको छ ।
FACEBOOK COMMENTS