काठमाण्डौं– ठूला विदेशी लगानीकर्ताले नेपालमा छुट्टै औद्योगिक क्षेत्र स्थापना गर्न चासो देखाएका छन्।
राजनितिक स्थिरता हुने विश्वासपछि चीन, कोरिया, सिंगापुर लगायतका देशबाट छुट्टै औद्योगिक क्षेत्र स्थापनाको लागि विदेशी लगानीकर्ताले चासो देखाएका हुन्।
उनीहरुले कर लगायतका सहुलितयका बारेमा सोधखोज गर्न थालेका छनु
उनीहरुको चासो औद्योगिक क्षेत्र स्थापना गरेर आफैँ सञ्चालन गर्न पाउने÷नपाउने स्पस्ट हुन चाहेको उद्योग विभागका कर्मचारीको भनाई छ ।
औद्योगिक व्यवसाय ऐन २०७३ मा विदेशी लगानीकर्ताले औद्योगिक क्षेत्र स्थापना गर्न सक्ने व्यवस्था छ। त्यसरी औद्योगिक क्षेत्र स्थापना गर्ने विदेशी लगानीकर्तालाई दिने सेवा, सुविधा र सञ्चालन विधिको वारेमा भने ऐन स्पष्ट छैन। केही नीतिगत अस्पष्टता हटाएर सहज लगानीको वातावरण बनाइदिएमा ठूलो विदेशी लगानी भित्रिने सक्ने उनिहरुको बुझाई छ ।
FACEBOOK COMMENTS