वीरगन्ज -पर्साको फरहदवा र शंकरसैया गाउँको साँधमा रहेको भलुही खोलामा पुल बनाउन थालिएको १२ वर्ष भइसकेको छ । तर अहिलेसम्म पनि उक्त पुलको निर्माण कार्य सकिएको छैन । ठेकेदार पनि काम छाडेर हिँडेका कारण अधुरो पुल अलपत्र परेको छ । २०६६ अषाढ २९ मा सडक डिभिजन कार्यालय र वाइपी(मोना कन्स्ट्रक्सन जेभीबीच भएको सम्झौतामा पुलको निर्माण कार्य २३ महिना भित्रै ९२०६८ वैशाख मसान्तभित्रै ०सक्नुपर्ने उल्लेख थियो ।
वाइपी(मोना कन्स्ट्रक्सनले भलुही खोलामा ६१।८४ मिटर लम्बाइको पुलको निर्माणको ठेक्का २ करोड २२ लाख ५८ हजार ८ सय ३२ रुपैयाँमा सकारेको हो । तर, ठेक्का लागेको १२ वर्ष भइसक्दा पनि अहिलेसम्म पुलको ४ वटा पिल्लर र ३ वटा स्पानको मात्रै काम सकिएको छ । पुलको दुवैतर्फको एप्रोच सडक, पुल संरक्षणका लागि नदी नियन्त्रणको काम , एक्सपान्स ज्वाइन्ट , वेयरिङ कोट इत्यादी काम भने भएकै छैन।
जसका कारण पुल अधुरो र अलपत्र परेको सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर नरेश केशरीले बताए । ठेक्का लागेको १२ वर्ष भइ सक्दा पनि निर्माण कम्पनीले पुलको काम अधुरै राखेको कशेरीले बताए । उनका अनुसार , ठेकेदारको आग्रहमा सार्वजनिक खरिद ऐन अनुसार नवौं संशोधन अनुसार अन्तिम पटक पुलको म्याद २०७७ पुष मसान्तसम्म थपिएको छ ।
तर म्याद थपिएको भएपनि ठेकेदारले पुलमा हात हालेको छैन, केशरीले भने, ुअन्तिम पटक थपिएको म्यादभित्र पनि पुलको काम सकिने छाटकाट देखिदैन।ु केशरीका अनुसार, ठेकेदार पुलको निर्माण काम अलपत्र छाडेपनि ठेक्का सम्झौताको आधाभन्दा रकम भुक्तानी लिइसकेको छ । चार किस्तामा गरी ठेकेदारले १ करोड १४ लाख ३० हजार रुपैयाँ भुक्तानी लिइसकेको केशरीले जानकारी दिए । ठेकेदारले चौथो किस्ता भुक्तानी बुझेर गएपछि त्यस यता पुल निर्माणको काममा हात नै नहालेको केशरीले बताए ।
पर्सामा पुल निर्माणको ठेक्का सकारेको वाइपी(मोना कन्स्ट्रक्नले कुनै पनि काम समयमा पुरा नगरेको सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर नरेश केशरीले बताए ।
ठेकेदारको लापरवाहीले कुनै पनि पुलको काम समयमा सकिएको छैन, उनले भने, ुठेक्का सकार्ने, विभिन्न बहानामा काम भ्याइएन भनेर म्याद थपाउँदै जाने काम मात्रै गर्दै आएको छ ।ु
तर वाइपी(मोना कन्स्ट्रक्सनका संचालक रमाकान्त्त चौरसीयाले भने भलुही खोलाको पुलको डिजाइनमा इन्जिनियरले त्रुटी गरेका कारण पुल संचालनमा आउन नसकेको बताए । ुखोलाको चौडाइ १ सय ५० मिटरको छ तर इन्जिनियरले ६१ मिटर लम्बाइको मात्र डिजाइन गरेर ठेक्का लगाए,उनले भने, ुपोहोर असारको बाढीले दुवैतर्फको एप्रोच सडक भत्काइ दियो, त्यसैले पुल हस्तान्तरण गर्न सकिएन।ु
एप्रोचबाहेक पुलको अरु सबै काम सकिसकेको जिकिर पनि उनले गरे । अरु ३ वटा पुल अधुरै रहेको सन्दर्भमा भने चौरसीयाले कार्य प्रगतिअनुसार सरकारबाट रकम निकासा नभएका कारण समस्या भएको बताए । पैसा नै नआएपछि काम कसरी अगाडि बढाउने प्रश्न गर्दै उनले भने, ुकेही ठाउँमा स्थानीयबाट जग्गाको विवाद भएर अवरोध गरियो, केही ठाउँमा त ढिलै काम सुरु भयो, यी सब कारणले समयामा काम पूरा गर्न नसकिएको हो।
FACEBOOK COMMENTS