काठमाडौं, पुस २८ – हिरा सिंह डंगोलले करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव स्तरीय निर्णय अनुसार डंगोललाई साेमबार करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हाे ।
राखेपका तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विकले मंगलबार डंगोललाई नयाँ जिम्मेवारीको पत्र हस्तान्तरण गरेका हुन् ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत डंगोलले अब तालिम तथा प्रशिक्षक विभागमा नायव वरिष्ठ प्रशिक्षककाे रुपमा रही कार्य गर्नेछन् ।
डंगोलले यसअघि विभिन्न पटक राष्ट्रिय कराते टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
FACEBOOK COMMENTS