काठमाडौं, वैशाख २ – नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ ६ महिनायताकै महँगो तोकेको छ । केन्द्रिय बैंकले आजका लागि एक अमेरिकी डलर बराबर १२०.४० रुपैयाँ तोकेको छ ।
जसअनुसार, आज सर्वसाधारणले एक अमेरिकी डलर लिनका लागि राष्ट्र बैंकले तोकेको यो मूल्य तिर्नुपर्छ । यस्तै, सर्वसाधारणले आफुसँग भएको डलर नेपाली रुपैयाँमा साट्नुपर्यो भने एक डलरको ११९.८० रुपैयाँ पाउनेछन् ।
पछिल्लो समय अमेरिकी अर्थतन्त्र मजबुत बन्दै जाँदा अमेरिकी डलरको स्थिती पनि बढ्दै गइरहेको छ ।
FACEBOOK COMMENTS