काठमाडौं, १० पौष – पुरानो बानेश्वर स्थित डाईनिङ पार्क रेष्टुरेण्ट एण्ड लाउण्ज बारमा गोपाल सिंह द ढावा संचालनमा आएको छ ।उक्त ढावा आज देखी संचालनमा आएको हो । ढावा १५ दिनसम्म संचालनमा रहने छ । त्यस अवधीमा मास्टर सेफ गोपाल सिंह नेतृत्वको सेफको टोलीले ढावा थिममा विभिन्न परिकारहरु तयार पारि ग्राहकहरुलाई पस्कने छन् ।
ढावामा इन्डियन सब कण्टिनेन्टमा प्रचलनमा रहेका स्पाइसी परिकारले स्थान लिने मास्टर सेफ गोपाल सिंहले जानकारी दिए । जसमा कवाव, मकैको रोटी, तन्दुरी चिकेन, सिक कवाव, दाल मखनी, मुर्ग मखनी, पाया करी, सर्स्युका साग, बेगनको भर्था समावेश हुनेछन् ।

‘हामीले डाईनिङ पार्कमा पाल्नु हुने खानाका पारखीहरुलाई फरक स्वाद दिलाउने उदेश्यका साथ भिजिट नेपालको सन्दर्भ पारेर १५ दिने अभियानका रुप ढावाका परिकारहरु पस्कन लागेका हौ’ डाईनिङ पार्क रेस्टरेण्ट एण्ड लाउण्ज बारका व्यवस्थापकले पत्रकार सम्मेलन माझ बताए । डाईनिङ पार्कमा पूर्ण पारिवारिक वातावरण सहित रेष्टुरेण्ट, बैंक्केट हल, मिटिङ सेमिनार हल लगायत बार समेतको सुविधा उपलब्ध छ । साथै, पाहुनाहरूको अनुरोधमा डाईनिङ पार्कले सबै परिकारका खाना उपलब्ध गरार्र्इरहेको छ।
