काठमाडौं, श्रावण १२ – सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुईजना डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
गृह मन्त्रालयको सिफारिसमा डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको ती मन्त्रीको भनाई छ ।
दुवैजना अहिलेका आइजी शैलेश थापा क्षेत्रीका ब्याजी हुन् । त्यस्तै, आजको बैठकले मधुकुमार मरासिनिलाई सचिवमा बढु्वा गरेको छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेश कुमार सिलवाल नियुक्त भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो । निवर्तमान सदस्यसचिव सिलवाललाई मन्त्रिपरिषदले पुनः राखेपको बागडोर सम्हाल्न दिइएको हो । आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले मन्त्रिपरिषदलाई तीन जनाको नाम दिएको थियो ।
सिफारिस समितिले सिलवालसँगै लिलबहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालय पठाएको थियो ।
FACEBOOK COMMENTS