काठमाडौं, वैशाख १६ । नेपाल बैंकर्स संघले निषेधाज्ञाको समयमा सकेसम्म डिजिटलमाध्यमबाट कारोबार गर्न अनुरोध गरेको छ । संघले एक सूचना जारी गर्दैै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिरहेको समयमा सकेसम्म नगद कारोबार नगर्न भनेको हो ।
कोभिड–१९ को जोखिमबाट बच्नलाई मोबाइल बैंकिङ र डिजिटल वालेटहरुको प्रयोग गर्त संघको आग्रह छ । यसो गरेमा बैंकका कर्मचारी र सेवाग्राहीमा संक्रमणको जोखिम कम हुने संघले बताएको छ ।
निषेधाज्ञाको समयमा बैंकका शाखा सञ्चालन हुने भएपनि अत्यावश्यक काम नपरी नआउन भनिएको छ । यसैगरी, एटीएम बुथहरु खुलै रहने भएकले पैसा झिक्नलाई बैंकसम्म नआउन पनि संघले आग्रह गरेको छ ।
आफ्नो बैंक खातामा कुनै समस्या आएमा फोनमार्फत सम्पर्क गर्न समेत संघले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS