काठमाडौं, भदौ २७ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आजको समयमा उद्योगधन्दा एवं व्यवसायमा डिजिटल ट्रान्फरमेसन गर्न सरकार, निजी क्षेत्र, सूचना प्रविधि, व्यवसाय लगायत अन्य सरोकारवालाहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघ र द टाइमस् ग्रुपको सहकार्यमा ‘बिजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्फरमेसन’का विषयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
संघिय प्रतिनिधिमुलक निजी क्षेत्रको छाता संगठन यस महासंघले सूचना तथा संचार प्रविधि विकास समिति मार्फत सरकार लगायत अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरि सूचना प्रविधिको प्रयोगद्धारा मुलुकको सामाजिक,आर्थिक साँस्कृतिक विकासको लागि कार्य गर्दै आइरहेको जानकारी उनले जानकारी दिइन् ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले डिजिटल ट्रान्फरमेसनको महत्व दिनानुदिन बढ्दै गएको बताउ“दै आयोजित सम्मेलन नेपालमा समय सान्दर्भिक भएको प्रष्ट पारे । नेपालमा विशेष गरेर शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरुमा डिजिटल ट्रान्फरमेसन बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराए । साथै मन्त्री बासकोटाले विश्वव्यापिकरणको रुपमा प्रविधि विस्तार भैरह“दा नेपालले पनि डिजिटल ट्रान्फरमेसन मार्फत दिगो विकासको लक्ष्य लिएको जानकारी गराए ।
सो अवसरमा डिजिटल ट्रान्सफरमेसनको आवश्यकता एवं महत्व, यसका लागि उपलब्ध प्रविधि, सो कार्यान्वयनमा विद्ययमान चुनौतीहरु एवं समाधानका उपायका विषयमा वितृत छलफल गरियो ।
कार्यक्रममा सूचना प्रविधि संग सम्बन्धित सरकारी निकायका अधिकृतहरु, सूचना प्रविधिजन्य व्यवसायमा आवद्ध व्यवसायीहरु, उद्योगि व्यवसायिहरु, बैंकर्स लगायतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS