काठमाडौं, ९ फागुन- सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस (-Digital Learning Day) विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको छ।यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो।
निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि (२०१९/२०७५) डिजिटल सिकाइ दिवस शिक्षाविद्,विकासकर्ता,डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ शुरू गरेको हो।शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न,विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताए।
यस वर्ष हामी फेरि नयाँ कार्यक्रमको साथ मानिसहरूमा डिजिटल शिक्षाको चेतना जगाउनका लागि आउँदै छौं।२५ फेब्रुअरी २०२१ अर्थात् २०७७ फागुन १३ गतेको दिन‘डिजिटल शिक्षाको लागि सँगै’ नारासहित यस वर्षको डिजिटल लर्निङ डे विशेष कार्यक्रमहरू गरिरहेका छौं।यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक,लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन्।जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ।यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ।
डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुनेछन्।‘रिइमाजेनिङ डिजिटल एजुकेशन : पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ।
कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ।विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुनेछ।कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला,विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल,शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरेका छौं।यसैगरी डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना हुनेछन्।
पछिल्लो समय कोभिड–१९ को महामारी तथा लकडाउनको कारण लामो समयदेखि शैक्षिक संस्थाहरू बन्द रहेका थिए । यस अवसरमा नेपालमा डिजिटल शिक्षाका लागि पनि नयाँ आयाम थपिएको छ।अधिकांश विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन लर्निङ तथा डिजिटल शिक्षाको अभ्यास गरेका छन्। सरकारले पनि वैकल्पिक शिक्षा सिकाइको रूपमा डिजिटल शिक्षालाई प्राथमिकतामा राखेको छ।यसर्थ, यस वर्ष डिजिटल शिक्षालाई प्रवद्धन गर्ने ‘डिजिटल लर्निङ डे’को सान्दर्भिकता र महत्व अझ बढेर गएको निमा एकेडेमीका सिइयो निश्चलमान प्रधानले बताए।
डिजिटल शिक्षाका लागि सँगै भन्ने अभियान सहित आयोजना गरिएको डिजिटल लर्निङ डेको यस विशेष कार्यक्रममा तपाईंहरू सबैबाट सहयोगको अपेक्षा गरेका छौं।
FACEBOOK COMMENTS