काठमाडौं, भदौ २६ । डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागि विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरुजस्तै यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारी छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।
अनलाईन मार्फत सजिलै बिना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिन्छ । फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानीछानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन । ३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागि आफुलाई मनपरेको कुनै एक एड अन प्याकेज छानीछानी लिन सकिन्छ ।
FACEBOOK COMMENTS