काठमाडौं, बैशाख १९ – डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै क्लास कार्यक्रम सुरु गरेको छ । डिशहोम र Deerwalk Learning Center को सहकार्यमा यहि बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ । डिशहोमको च्यानल नं. ११४ माकक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं.११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ ।
यसका साथै विगत ६ महिनाभन्दा बढि समय देखि विभिन्न कारणबस डिशहोम रिचार्ज नगर्नुभएका पुराना ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गते देखिलागु हुने गरी ३० दिन सम्मकालागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ । यस सुविधाले लकडाउनको अवधिमा ग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउन अझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ ।
डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह ९स्याटलाइट०को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।
FACEBOOK COMMENTS