काठमाडौं, कात्तिक ६ – डिहहोम फाइबरनेट काठमाडौंको जडीबुटी, पेप्सीकोला, काँडाघरी र बागडोलमा विस्तार भएको छ । उच्च गतिको इन्टरनेट सेवाको माग पहिचान गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरुलाई सेवा प्रदान गर्न फेब्रुअरी २०२० मा डिसहोम फाइबरनेटको प्रवर्तन गरिएको थियो ।
छिटो, छरितो, सस्तो, किफायती र भरपर्दो सेवाका लागि सम्पूर्ण व्यवसाय तथा सेवाग्राहीप्रति डिसहोम फाइबरनेट प्रतिबद्ध रहेको जनाएको छ । यस कम्पनीले सिम टीभीसँगको सहकार्यमा आफ्नो आईपीएस सेवा सुरु गरिएको जनाइएको छ ।
डिशहोम फाइबरनेटले व्यवसाय तथा पारखीहरुमा बढ्दो वायरलेस उपकरणहरुको प्रयोगले गर्दा ब्रोडब्यान्ड क्षमताको विस्तारमा सहयता गर्नेछ भन्ने देशलाई संचार सेवाहरुमा थप आधुनिकीकरण गर्न सक्षम बनाउने जनाइएको छ । डिशहोम फाइबरनेट यसअघि भैंसेपाटी, बुङमति, छम्पी, चाबहिल, कपन, बौद्ध र जोरपाटीमा विस्तार भइसकेको जनाइएको छ । सेवाको विस्तार काठमाडौं उपत्यकाको रिङरोड र बाहिरसमेत यही वर्ष गरिने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS