काठमाण्डौं– नेपालको पे टीभी इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्कले आगामी आर्थिक बर्षमा आईपीओ जारी गर्ने भएको छ ।
डिशहोमको ९ औं बार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो ।
कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।
साधारण सभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय पनि गरेको छ ।
संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।
FACEBOOK COMMENTS