काठमाडौं, भदौ १५ – भरतपुरमा कोरोना भाइरस जितेर डिस्चार्ज गर्ने तयारीमा रहेकी एक महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछि अस्पतालमा भर्ना भएकी उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारीमा रहेकै बेला चितवनको पुरानो मेडिकल कलेजमा आज मृत्यु भएको हो ।
आज दिउँसो उनको मृत्यु भएको अस्पतालका सीईओ सुप्रभात श्रेष्ठले पुष्टि गरे । मृतक नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिकाकी ७५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।
उनको मृत्युको विषयमा अस्पतालले अनुसन्धान सुरु गरेको छ ।
FACEBOOK COMMENTS