काठमाडौँ । नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै जिल्ला अदालत काठमाडौँले डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको हो । डीएसपी ढुंगेललाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो ।
गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भए पछि डीएसपी ढुंगेल आपराधिक क्रियाकलापमा संलग्न रहेको तथ्य सतहमा आएको थियो ।
प्रहरी अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए ।हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक(पटक सम्पर्क देखिएको प्रहरीको भनार्इ रहेको छ ।
FACEBOOK COMMENTS