काठमाडाैं, पुष २६ – भारतको आन्ध्र प्रदेशमा तिरुपतिका प्रहरी निरीक्षक श्याम सुन्दरले गुन्टूर जिल्लाकी डीएसपी जेसी प्रशान्तिलाई सलाम गरेका छन् ।
कनिष्ठ अधिकारीले वरिष्ठ अधिकारीलाई सलाम गरेको सामान्य घटना हैन यो ।
श्याम सुन्दर पिता हुन् भने प्रशान्ति छोरी हुन् । आफ्नी छोरीले मेहनत गरेर उच्च पद पाएकोमा पिताले सलाम गरेका हुन् ।
श्याम सुन्दरले वरिष्ठ अधिकारीहरूको स्वागत गर्दै गर्दा छोरीसँग पनि परिचयको अवसर आयो । छोरी डीएसपी भएको देख्दा पिताको छाती गर्वले फुल्यो । उनले नारीशक्तिलाई सम्मान गर्र्दै सलाम गरे ।
FACEBOOK COMMENTS