काठमाडौं, बैशाख २४ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको नेपाल पानीजहाज कार्यालयले झण्डै डेढ करोड मूल्यको एसयूभी गाडी खरिद गर्ने भएको छ।
कार्यालयले गाडी खरिदका लागि सबै प्रक्रिया पूरा भइसकेको जनाएको छ । कार्यालयले बुधबार सूचना प्रकाशित गरी सिप्रदी ट्रेडिङलाई १ करोड ४३ लाख ९८ हजार रुपैयाँमा चारपांग्रे एसयूभी गाडी किन्न ठेक्का दिएको जानकारी गराएको छ ।
कार्यालयले गत फागुन ८ गते सूचना प्रकाशित गर्दै दुईवटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।
FACEBOOK COMMENTS