काठमाण्डौँ — स्थानीय तहका जनप्रतिनिधिले डेढ वर्षको अवधिमा झन्डै ७ करोड रुपैयाँको सवारीसाधन खरिद गरिसकेका छन् ।
६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यले विकास खर्च कटौती गरेर महँगा गाडी र मोटरसाइकल किनेका छन् ।
केही नगरपालिका तथा गाउँपालिकाले प्रमुख–उपप्रमुखका लागि सुविधासम्पन्न स्कोर्पियो किनेका छन् भने वडाध्यक्षका लागि हेभी मोटरसाइकल खरिद गरेका छन्।
सबै तहले छुट्टाछुट्टै मोडलका सवारीसाधन किनेको जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगानाले बताए।
जनप्रतिनिधिको सेवा–सुविधाका लागि किनिएका सवारीसाधनको इन्धन र मर्मत खर्च कार्यालयबाटै व्यहोर्ने गरिएको छ।
विकास बजेट र नागरिकले तिरेको करको व्यापक दुरुपयोग गरेको नागरिक समाजका अगुवा तुलसी संग्रौलाले बताए।
.— कान्तिपुर
FACEBOOK COMMENTS