काठमाडौँ — सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा किसानले किबी फलको व्यावसायिक उत्पादन सुरु गरेका छन् ।
उत्पादनसँगै एकै सिजनमा किसानले छ लाख रूपैयाँसम्म आम्दानी गरेका छन् ।
अमरगढी नगरपालिका वडा नम्बर १ दहब्यारेक गाउँका किसानले किबीको व्यावसायिक उत्पादन सुरु गरेका हुन् ।
दहब्यारेकका बासिन्दा गणेशबहादुर ऐरले आफ्नो ६ रोपनी जमिनमा किबी फलको व्यावसायिक खेती सुरु गरेका छन ।
उनले चार वर्ष पहिले दोलखाबाट करिव १ सय १० किबीका विरुवा ल्याएका थिए ।
गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा किबी फलको उत्पादन दोब्वरले बढी भएको किसानको भनाइ छ ।
— करोबार
FACEBOOK COMMENTS