काठमाण्डौँ — तीन वर्षदेखि फरार रहेका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।
ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।
अदालतले उनीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो ।
त्यस लगतै ज्ञवाली फरार रहेका थिए ।
उच्च प्रहरी स्रोतकाअनुसार महानगरीय अपराध महाशाखाको टोलीले सिमावर्ती भारतीय क्षेत्रबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ ।
ज्ञवाली पक्राउ गरेको बारे महाशाखाले कुनै सूचना सार्वजनिक गरेको छैन ।
महाशाखा प्रमुख एसपी धिरजप्रताप सिंहले पक्राउ गर्ने प्रयास भइराखेकै बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS