काठमाण्डौँ – नेपाल वायुसेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
आज श्वेत्रपत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।
निगमका अध्यक्ष मदन खरेलले वाइडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको स्पष्ट पार्नुभयो ।
वाइडबडी विमानको व्यावसायिक योजना अनुसार सञ्चालन नभएसम्म त्यो कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको निगमको भनाई छ ।
निगमले विमानलाई तिर्नुपर्ने कर्जा ३२ दशमलब ८७ अर्ब रहेकाले पनि नगद प्रवाहमा संकट आइपरेको पनि स्पष्टिकरण दिएको छ ।
अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको पनि जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS