काठमाडौं, चैत ३० – तत्काल विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच आज बिहान भएको छलफलले यस्तो निर्णय गरेको हो ।
छलफलमा सहभागी भएका एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको अनुसार तत्काल स्वास्थ्य मापदण्डहरु अपनाएर विद्यालयहरु संचालन गर्ने निर्णय भएको छ । मन्त्रालयले निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) लगायत शैक्षिक क्षेत्रसँग सरोकारवाला निकायलाई छलफल गरेको थियो ।
यसअघि नै प्याब्सनले सबै ठाउँका विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन गर्न सम्भवन नभएको जनाइसकेको छ । आईतबार एक विज्ञप्ती जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण धेरै देखिएका क्षेत्रका विद्यालय तीन साता बन्द गर्ने प्रस्तावमा असन्तुष्टि जनाएको हो ।
FACEBOOK COMMENTS