काठमाडौं, माघ ८ – तनहुँका दुई गाउँपालिका कोरोना सङ्क्रमण मुक्त भएका छन् ।
आँबुखैरेनी तथा म्याग्दे गाउँपालिका बुधबारदेखि कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार घिरिङ, रिसिङ देवघाट गाउँपालिकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या न्यून छ ।
ती पालिकामा दुई/दुई जना मात्रै सङ्क्रमित छन् ।
तनहुँमा सक्रिय सङ्क्रिमतको सङ्ख्या ५५ मात्रै छ ।
कोरोना सङ्क्रमणबाट तनहुँमा २४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
तनहुँमा सबैभन्दा धेरै भिमादमा १९ जना सङ्क्रिमत छन् ।
शुक्लागण्डकी नगरपालिकामा १५ जना, भानु नगरपालिकामा सात, व्यास नगरपालिकामा पाँच र बन्दीपुर गाउँपालिकामा तीन जना सङ्क्रिमत भएको गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ ।
FACEBOOK COMMENTS