अन्नजनराज न्यौपाने
तनहुँ, १२ अषाढ -गरिबीको रेखामुनी रहेका तनहुँ क्षेत्र नंबर १ का स्थानीयवासीहरुले आफ्नो घरमा रहेको खरको छानो विस्थापित हुने भएपछि खुसी महशुस गरेका छन्।
लामो समय देखी खरको छानो मुनि बसिरहँदा दिक्क भएका ३ गाँउपालिका र २ नगरपालिकाका बासिन्दाहरु खरको छानो विस्थापित भै टिनको छानो बन्ने भएपछि हर्षित भएका हुन्। खरको छाना विस्थापित गर्न प्रतिनिधी सभा सदस्य कृण्ण कुमार श्रेष्ठ (किसान) को पहलमा शहरी विकास मन्त्रालयवाट जिल्ला भित्र क्षेत्र नंबर १का विभिन्न स्थानीय तहमा फुसको छानो(खर) विस्थापित गरिने भएको हो।
कुल ५ करोड २५ लाखको बजेट विनियोजन भएसँगै खरको छानो भएका घर धनीले ५० हजार पाउने ब्यवस्था मिलाईएको छ । यसरी बजेट विनियोजन भएका गाँउपालिका र नगरपालिकाहरुमा देवघाट गाउँपालिकाका २१२ घरधुरी ,आवुखैरेनी गाउँपालिकाका १९२ घरधुरी ,बन्न्दिपुर गाउँपालिकाका १९१ घरधुरी र भानु नगरपालिकाका २३६घरधुरी छन् भने तनहुँकै जेठो नगरपालिका ,ब्यास नगरपालिकाका २१९घरधुरी गरि जम्मा १०५० घरधुरी लाभान्वित भएका छन्। लाभान्भित हुनेहरुुमा मगर,गुरुङ ,बोटे, दरै,तामाङ र दुरा जाती रहेका छन् ।
FACEBOOK COMMENTS