अन्जनराज न्यौपाने
तनहुँ, १ असार -तनहुँको दक्षिणभेग घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका -५ जनामा कोरोना संक्रमण भएको पुस्टी गरिएको छ।यस अघि जिल्लाको घिरिङ गाँउपालिकाका १९ वर्षिय एक युवकलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको थियोे । यसअघि जिल्लाको दक्षिणी बेल्ट ऋषिङ निवासी -२८ बर्षिया एक पुरुषमा पहिलोपटक कोरोना संक्रमणको पुष्टि गरिएको थियोे भने सोही गाँउपालिकाका थप दईजना-३९ वर्षीया पुरुष र ४० बर्षिया पुरुषहरुमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको थियोे ।
संक्रमित पुरुषलाई जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित जिपि स्वासप्रस्वास केन्द्र वेलचौतराको आइसोलेशन कक्षमा उपचारका लागि लगिएको छ भने तनहुँमा हाल सम्ममा कोरोना संक्रमितहरुको संख्या ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
FACEBOOK COMMENTS