अन्जनराज न्यौपाने
तनहुँ, २९ मंसिर- जिल्ला प्रहरी कार्यालय तनहुँले हिरासत् कक्ष, ब्यारेक र मेस सहितको १२ कोठे पक्की भवन निर्माण गर्ने भएको छ। महिला प्रहरी कर्मचारी समेतको सुविधा सम्पन्न ५ कोठे हरासत कक्ष निर्माण गर्न लागिएको हो। कुल ६ रोपनी १ आना २ पैसा ३ दाम क्षेत्रफलमा रहेको प्रहरी कार्यालय दमौलीको ३ तले पक्की नव निर्मित भवनको सिलन्यास गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले गरे ।
सिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले समग्र मुलुकको शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अहोरात्र खटेको बताए । जनताको जिउ,धन हक,हित र अधिकारका लागि नेपाल प्रहरी कत्ति पनि विचलित हुन नहुने निर्देशन दिदै प्रमुख अतिथि घिमिरेले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यालय सचेतना अभियान कार्यक्रम , सडक सुरक्षा कार्यक्रम ,अवैध लागू औषध नियन्त्रण सम्बन्धी सचेतना ,महिला शिक्षा कार्यक्रम ,विद्यालय शिक्षा कार्यक्रम , आत्महत्या न्युनिकरण ,डिप्रेशन न्युनिकरण सम्बन्धी कार्यक्रम ,घरेलु हिंसा न्युनिकरण,महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरि जनताको सेवामा दिर्घकालिन शान्तिसुरक्षा र वैज्ञानिक प्रविधि प्रक्रिया अघि बढाउन प्रत्यक्ष सभागितार्मूलक गतिविधि संचालन गर्दै आएको बताए ।डक दुर्घटना न्युनिकरणका लागि सवारी साधन चालकले सडकको संरचनालाई मध्यनजर राखेर सवारी चलाए आफै दुर्घटनामा कमी हुने बताए ।प्रहरीले सुसभ्य र सु -संस्कृत समाजको निर्माणका लागि आत्मानुशासन र वर्दिको मर्यादालाई आत्मसात गर्दै सदैव राष्ट्रका लागि बफादार रहन निर्देशन दिए।
घिमिरेले सडक दुर्घटना न्युनिकरणका लागि सवारी साधन चालकले सडकको संरचनालाई मध्यनजर राखेर सवारी चलाए आफै दुर्घटनामा कमी हुने बताए ।प्रहरीले सुसभ्य र सु -संस्कृत समाजको निर्माणका लागि आत्मानुशासन र वर्दिको मर्यादालाई आत्मसात गर्दै सदैव राष्ट्रका लागि बफादार रहन निर्देशन दिए।
यसैगरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले आफनो मन्तब्यका क्रममा बोल्दै वि.स. २०२५ सालमा अस्थायी रुपमा स्थापना भएको दमौली प्रहरी चौकी टिनको छानामुनी संचालन हुदै आएकोमा हालको जिल्ला प्रहरी कार्यालय २०५९ असोज ७ गते नयाँ २ तले पक्की भवनमा परिणत भएको बताए । सिलवालले ०७६ मंसिर ९ गते न्यु ड्राग्रन निर्माण सेवा पोखरी चौर-८ काभ्रे संग निर्माण संझौता गरिएकोमा ३ सय ६५ दिन भित्रमा उक्त पक्की भवन निर्माण हुने जनाए।
लवालले आफनो मन्तब्यका क्रममा बोल्दै वि.स. २०२५ सालमा अस्थायी रुपमा स्थापना भएको दमौली प्रहरी चौकी टिनको छानामुनी संचालन हुदै आएकोमा हालको जिल्ला प्रहरी कार्यालय २०५९ असोज ७ गते नयाँ २ तले पक्की भवनमा परिणत भएको बताए ।
उक्त भवनको ३ तल्लाको ६१ सय ५२ दशमलव ५ स्क्वायर फिटको भवन निर्माण हुनेछ।ब्यारेक भित्रै जुनियर प्रहरी अधिकृत र महिला प्रहरी समेतको अलगअलग ब्यारेक रहनेछन् । भान्साका लागि मेसको २१ सय ७२ स्क्वायर फिटको डाईनिङहल र स्टोर समेतको रहने छ। यस्तै हिरासत कक्ष ५ वटा र ९२ जना क्षमताको सुविधा सम्पन्न भवन कुल३ करोड ४६ लाख५१ सय ५६ रुपैयाँ ८५ रुपैयाँ को लागतमा उक्त भवन निर्माण सम्पन्न हुने भएको हो
वि.स. २०१६ सालमा जिल्लाको पुरानो सदरमुकाम बन्दिपुरमा स्थापना भै २०२५ सालमा प्रहरी थाना दमौलीमा आएपछि २०३२ सालमा ब्यास नगरपालिका-३ दमौलीमा
स्थापना भएको छ भने जिल्लाका कलेस्ती, खाल्टे, पुटार , घिरिङ, डुम्रेबेशी जस्ता स्थानहरूमा शान्ति सुरक्षालाई प्रत्याभूति दिन थप ईलाका प्रहरी चौकी निर्माण गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले बताए ।
FACEBOOK COMMENTS