काठमाण्डौँ — तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ ।
असार महिनामै पारित भइसक्नुपर्ने बजेट नगरसभाले असोज महिनामा पारित गरेको हो ।
भदौको अन्तिम साताबाट मात्रै भानुको नगरसभा शुरु भएको थियो ।
नगरपालिकाका जनप्रतिनिधिको आन्तरिक विवादले बजेट सार्वजनिकमा ढिलाइ भएको हो ।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरसभाबाट पारित भएको रु ७६ करोड ६७ लाख ८६ हजार ६१४ को बजेट सार्वजनिक गर्नुभयो ।
सार्वजनिक बजेटअनुसार पूँजीगत तर्फ रु २९ करोड १२ लाख १६ हजार ६१४ र चालु तर्फ रु २० करोड २९ लाख ७० हजार रहेको छ ।
— कारोबार
FACEBOOK COMMENTS