मदन तिमल्सेना, तनहुँ-कार्तिक २ गते भानु २ को नारेश्वरटारमा नरभक्षी चितुवाको आक्रमणमा परि १२ वर्षीय सोनिया अछामी घाईते भएकी छिन । उनलाई हाल लक्ष्मी हस्पीटल डुम्रेमा उपाचार पश्चात चितवन लगीदै गरेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । लगातार चितुवाको आक्रमण बढ्न थालेपछि अहिले उक्त क्षेत्रका स्थानीहरु निकै त्रसित भएका छन । भानु नगरपालिका वडा न २ नारेश्वरटारमा चितुवाकाे आक्रमणबाट अहिलेसम्म ५ जना काे मृत्यु र ४ जना घाइते भैसकेका छन । भानुमा चितुवा आतंकका कारण मानिसहरु त्रसित छन । यस अघि चार जनाको ज्यान गैसक्दा समेत राज्य सम्यन्त्र हात बाधेर बस्दा नागरिकहरु बसाई सराई गर्ने मनस्थितीमा पुगेको पाईएको छ । यस घटनालाई छिटाे भन्दा छिटो सम्बोधन गर्नु पर्ने स्थानियको आक्रोश छ । नागरिकको जिउधनको सुर क्षl का लागि सरकार गम्भीरतापूर्वक लाग्नु पर्नेमा लापर्बाही हुँदै आएको देखिन्छ ।
FACEBOOK COMMENTS